Loading...

This page describes an image सर्पवाहक (ओफियकस) तारामण्डल नक्शा

Download File ( image 1.28 MB)
Download PDF File (PDF file 201.50 kB)

Diagram caption: ओफियकस तारामण्डल, यसका चम्किला ताराहरू र वरपरका तारामण्डलहरूसँगै। ओफियकस वरिपरि (माथिबाट घडीको दिशामा जाँदा): हर्कुलिस, सर्पेन्स क्यापुट, स्कोर्पियस (वृश्चिक राशि), स्यागिटेरियस (धनुराशि) र सर्पेन्स काउडा छन्। ओफियकस परम्परागत बाह्र राशि तारामण्डलहरूको भाग होइन तर यो क्रान्तिवृत्तमा (यहाँ नीलो रेखाको रूपमा देखाइएको) अवस्थित छ, यो त्यो मार्ग हो जसलाई सूर्यले वर्षभरि आकाशमा पार गर्दै गएको जस्तो देखिन्छ (सूर्य हिँड्ने बाटो)। हाम्रो सूर्य नोभेम्बरको अन्त्यदेखि डिसेम्बरको मध्यसम्म ओफियकसमा हुन्छ। सौर्यमण्डलका अन्य ग्रहहरू प्रायः ओफियकस भेट्टाउन सकिन्छ। यो तारामण्डल आकाशीय भूमध्य रेखामा फैलिएको हुनाले यस तारामण्डलको केही भाग वर्षको कुनै न कुनै समयमा पृथ्वीको सम्पूर्ण भागबाट देख्न सकिन्छ। तर, साँझमा यो सबैभन्दा बढी देखिने समयमा (दक्षिणी गोलार्धको जाडो र उत्तरी गोलार्धको गर्मी) आर्कटिकको धेरै भाग निरन्तर दिनको उज्यालोमा हुने भएकोले तारामण्डलका ताराहरू देख्न असम्भव बनाउँछ। सम्पूर्ण तारामण्डल दुवै गोलार्धका भूमध्यरेखीय र शीतोष्ण क्षेत्रहरूबाट देख्न सकिन्छ। ओफियुकस ग्यालेक्टिक केन्द्रको नजिक अवस्थित भएकोले यसमा एम ९, एम १०, एम १२, एम १४, एम १९, एम ६२, र एम १०७ जस्ता धेरै गोलाकार तारापुञ्ज (globular cluster) छन् जसलाई पहेँलो वृत्तहरू भित्र प्लस चिन्ह लगाइएका छन्।
यस रेखाचित्रको y-अक्ष डिक्लिनेशनको डिग्रीमा छ जसमा उत्तर माथि छ र x-अक्ष राइट एसेन्सनको घण्टामा छ जसमा पूर्व बायाँतिर छ। यहाँ चिन्ह लगाइएका ताराहरूको आकार ताराको आभासी परिमाण, यसको आभासी चमकको मापसँग सम्बन्धित छ। ठूला बिन्दुहरूले चम्किला ताराहरूलाई प्रतिनिधित्व गर्छन्। ग्रीक अक्षरहरूले तारामण्डलका सबैभन्दा चम्किला ताराहरूलाई चिन्ह लगाउँछन्। यिनीहरूलाई चमकको आधारमा क्रमबद्ध गरिएको छ जसमा सबैभन्दा चम्किलो तारालाई अल्फा, दोस्रो चम्किलोलाई बिटा, इत्यादि लेबल गरिएको छ, यद्यपि यो क्रम सधैं ठ्याक्कै पालना गरिँदैन। बिन्दुयुक्त सीमा रेखाहरूले IAU का तारामण्डलहरूको सीमाङ्कन गर्छन् र ठोस हरियो रेखाहरूले तारामण्डलका आकृतिहरू साधारण तरिकाले चिनिने तारामण्डलका आकृतिहरू जनाउँछ। यो हामीले आकाश मा हेर्दा कल्पना गरेर लगाइएको चिन्ह हो त्यसैले आकाशमा हेर्दा तारामण्डलको सीमाहरू, वा ताराहरू जोड्ने रेखाहरू देखिदैन।


Diagram credit: अन्तर्राष्ट्रिय खगोल संघ (IAU) तथा Sky & Telescope द्वारा मूल रूपमा तयार गरिएको, अन्तर्राष्ट्रिय खगोल संघको खगोल शिक्षा कार्यालयद्वारा अनुकूलित ।. Credit Link

Diagram translation status: Not yet approved by a reviewer
Diagram translators: Manisha Dwa
Diagram license: Creative Commons Attribution 4.0 International (CC BY 4.0) Creative Commons Attribution 4.0 International (CC BY 4.0) icons

Related glossary terms: Apparent Magnitude , Celestial Coordinates , Celestial Equator , Constellation , Declination , Ecliptic , Galactic Center , Globular Cluster , Right Ascension (RA) , Sagittarius , Scorpius , Zodiac
Categories: Naked Eye Astronomy

Want to make your own translation or version of this diagram? Then download the SVG version of this diagram in English (646.84 kB). You can edit this using software like Inkscape (free) or Adobe Illustrator (proprietary). Just remember to credit the author of the original appropriately.

You can also make your own version or translation of this diagram by adding adding text to a version of this diagram with no text. Just download one of the following files:
Download Text-Free File ( image 121.92 kB)
Download Text-Free PDF File (PDF file 179.62 kB)

In Other Languages

अंग्रेजी: Ophiuchus Constellation Map
ईटालियन: Mappa della costellazione dell'Ofiuco
स्पेनिस: Mapa de la constelación de Ofiuco
प्राचिन चिनि: 蛇夫座星圖
सरल चिनि: 蛇夫座星图

The diagram captions presented on the OAE website were written, translated and reviewed by a collective effort from the OAE, the OAE Centers and Nodes, the OAE National Astronomy Education Coordinators (NAECs) and other volunteers. You can find a full list of credits for our translation project here. All media file captions are released under a Creative Commons CC BY-4.0 license and should be credited to "IAU OAE". The media files themselves may have different licenses (see above) and should be credited as listed above under "credit".

If you notice a error in this diagram or its caption then please get in touch.