This page describes an image तारामण्डलको नक्सा
Download File ( image 1.37 MB)
Download PDF File (PDF file 235.77 kB)
Diagram caption:
मृगशिरा तारामण्डल, यसका चम्किला ताराहरू र वरपरका तारामण्डलहरू। मृगशिरालाई (माथिबाट घडीको दिशामा जाँदा) वृष राशि, एरिडानस, शशक, मोनोसेरोस र मिथुन राशि तारामण्डलहरूले घेरेका छन्। मृगशिराका सबैभन्दा चम्किला ताराहरू बेटेलज्युज र रिगेल (राइजेल) क्रमशः तारामण्डलको उत्तरी (यो चित्रमा माथिल्लो) र दक्षिणी (तल्लो) छेउमा देखिन्छन् र यसको बीचमा प्रसिद्ध तीन ताराको "पेटी" छ। मृगशिरा आकाशीय भूमध्य रेखामा फैलिएको छ र यसैले पृथ्वीको सबै भागबाट वर्षको कुनै न कुनै समयमा देखिएतापनि विश्वका सबैभन्दा कुनाको आर्कटिक वा अन्टार्कटिक क्षेत्रहरूबाट यस तारामण्डलका केही भागहरू देखिन नसक्ने हुन सक्छन्। मृगशिरा उत्तरी गोलार्धको हिउँदमा र दक्षिणी गोलार्धको गर्मीमा साँझको समयमा सबैभन्दा स्पष्ट देखिन्छ। मृगशिराको माथिको निलो रेखाले क्रान्तिवृत्त देखाउँछ, जुन सूर्यले वर्षभरि आकाशमा यात्रा गरेको जस्तो देखिने बाटो हो। सूर्य कहिल्यै मृगशिराबाट जाँदैन, तर सौर्यमण्डलका अन्य ग्रहहरू र चन्द्रमा कहिलेकाहीं मृगशिरामा भेट्टाउन सकिन्छ। मृगशिराको पेटीको ठीक दक्षिणमा हरियो वर्गद्वारा चिन्हित दुई मेसियर वस्तुहरू एम ४२ (मृगशिरा निहारिका) र एम ४३ छन्। एम ७८ सहित यी निहारिकाहरू (यहाँ पेटीको बायाँतिरको हरियो वर्ग) विशाल मृगशिरा आणविक बादल समूहको भाग हुन्। यसले अधिकांश तारामण्डललाई ढाक्छ जहाँ यी आणविक बादलहरू युवा ताराहरू बनाउँदै छन्।
यस रेखाचित्रको y-अक्ष डिक्लिनेशनको डिग्रीमा छ जसमा उत्तर माथि छ र x-अक्ष राइट एसेन्सनको घण्टामा छ जसमा पूर्व बायाँतिर छ। यहाँ चिन्ह लगाइएका ताराहरूको आकार ताराको आभासी परिमाण, यसको आभासी चमकको मापसँग सम्बन्धित छ। ठूला बिन्दुहरूले चम्किला ताराहरूलाई प्रतिनिधित्व गर्छन्। ग्रीक अक्षरहरूले तारामण्डलका सबैभन्दा चम्किला ताराहरूलाई चिन्ह लगाउँछन्। यिनीहरूलाई चमकको आधारमा क्रमबद्ध गरिएको छ जसमा सबैभन्दा चम्किलो तारालाई अल्फा, दोस्रो चम्किलोलाई बिटा, इत्यादि लेबल गरिएको छ, यद्यपि यो क्रम सधैं ठ्याक्कै पालना गरिँदैन। बिन्दुयुक्त सीमा रेखाहरूले IAU का तारामण्डलहरूको सीमाङ्कन गर्छन् र ठोस हरियो रेखाहरूले तारामण्डलका आकृतिहरू साधारण तरिकाले चिनिने तारामण्डलका आकृतिहरू जनाउँछ। यो हामीले आकाश मा हेर्दा कल्पना गरेर लगाइएको चिन्ह हो त्यसैले आकाशमा हेर्दा तारामण्डलको सीमाहरू, वा ताराहरू जोड्ने रेखाहरू देखिदैन।
Diagram credit: अन्तर्राष्ट्रिय खगोल संघ (IAU) तथा Sky & Telescope द्वारा मूल रूपमा तयार गरिएको, अन्तर्राष्ट्रिय खगोल संघको खगोल शिक्षा कार्यालयद्वारा अनुकूलित ।. Credit Link
Diagram translation status: Not yet approved by a reviewer
Diagram translators: Manisha Dwa
Diagram license: Creative Commons Attribution 4.0 International (CC BY 4.0) Creative Commons Attribution 4.0 International (CC BY 4.0) icons
Related glossary terms:
Apparent Magnitude
, Celestial Coordinates
, Constellation
, Declination
, Ecliptic
, Gemini
, Orion
, Right Ascension (RA)
, Taurus
, Variable Star
Categories:
Naked Eye Astronomy
Want to make your own translation or version of this diagram? Then
download the SVG
version of this diagram in English (793.43 kB). You can edit this using
software like Inkscape (free) or Adobe Illustrator
(proprietary). Just remember to credit the author of the original appropriately.
You can also make your own version or translation of this diagram by adding adding text to a version of
this diagram with no text. Just download one of the following files:
Download Text-Free File ( image 130.72 kB)
Download Text-Free PDF File (PDF file 197.60 kB)
In Other Languages
अंग्रेजी: Orion Constellation Mapप्राचिन चिनि: 獵戶座星圖
सरल चिनि: 猎户座星图
ईटालियन: Mappa della costellazione di Orione
स्पेनिस: Mapa de la constelación de Orión
जर्मन: Orion-Sternkarte
The diagram captions presented on the OAE website were written, translated and reviewed by a collective effort from the OAE, the OAE Centers and Nodes, the OAE National Astronomy Education Coordinators (NAECs) and other volunteers. You can find a full list of credits for our translation project here. All media file captions are released under a Creative Commons CC BY-4.0 license and should be credited to "IAU OAE". The media files themselves may have different licenses (see above) and should be credited as listed above under "credit".
If you notice a error in this diagram or its caption then please get in touch.



