This page describes an image वृष राशि तारामण्डलको नक्सा
Download File ( image 989.11 kB)
Download PDF File (PDF file 185.15 kB)
Diagram caption:
वृष तारामण्डल, यसका चम्किला ताराहरू र वरपरका तारामण्डलहरू। वृषको चारैतिर (माथिबाट घडीको दिशामा) ययाती, मेष, सेटस, इरिडानस, मृगशिरा, मिथुन र अरिगा तारामण्डलहरूले घेरिएको छ। वृषको सबैभन्दा चम्किलो तारा अल्डेबरान (रोहिणी) तारामण्डलको बीचमा देखिन्छ। वृष क्रान्तिवृत्तमा (यहाँ नीलो रेखाको रूपमा देखाइएको) अवस्थित छ, क्रान्तिवृत्त त्यो बाटो हो जुन सूर्यले वर्षभरि आकाशमा पार गरेको जस्तो देखिन्छ। सूर्य मेको मध्यदेखि जुनको अन्त्यसम्म वृषमा हुन्छ। सौर्यमण्डलका अन्य ग्रहहरू प्रायः वृषमा भेट्टाउन सकिन्छ। वृष अधिकांश आकाशीय भूमध्य रेखाको उत्तरमा अवस्थित छ र यसको सानो भाग आकाशीय दक्षिणी गोलार्धमा छ। सम्पूर्ण तारामण्डल अन्टार्कटिक र उत्तरी ध्रुवको वरिपरिको सानो क्षेत्र बाहेक वर्षको कुनै न कुनै समयमा सम्पूर्ण पृथ्वीबाट देख्न सकिन्छ। वृष उत्तरी गोलार्धको जाडो र दक्षिणी गोलार्धको गर्मीमा साँझको समयमा सबैभन्दा बढी देखिन्छ। वृषको पूर्वी भागमा हामी सुपरनोभा अवशेष एम१ (क्र्याब (गंगाटो) नेबुला) भेट्टाउन सक्छौं जसलाई यहाँ हरियो वर्गले चिन्ह लगाइएको छ। वृषको उत्तर-पूर्वमा आकाशको सबैभन्दा प्रसिद्ध खुला तारा समूहहरू मध्ये एक एम४५ (प्लीएड्स अथवा कृत्तिका) भेट्टाउन सकिन्छ जसलाई यहाँ पहेंलो वृत्तले चिन्ह लगाइएको छ। अल्डेबरान नजिकका धेरै ताराहरू (अल्डेबरान बाहेक) अर्को तारा समूह, हायाड्सका सदस्यहरू हुन्। यद्यपि, हायाड्स सौर्यमण्डलको धेरै नजिक भएको कारणले यो आकाश भरि फैलिएको देखिन्छ, जसले गर्दा प्लीएड्सको जस्तो छुट्टै र विशिष्ट मेसियर वस्तु पदनाम पाउन सकेको छैन।
यस रेखाचित्रको y-अक्ष डिक्लिनेशनको डिग्रीमा छ जसमा उत्तर माथि छ र x-अक्ष राइट एसेन्सनको घण्टामा छ जसमा पूर्व बायाँतिर छ। यहाँ चिन्ह लगाइएका ताराहरूको आकार ताराको आभासी परिमाण, यसको आभासी चमकको मापसँग सम्बन्धित छ। ठूला बिन्दुहरूले चम्किला ताराहरूलाई प्रतिनिधित्व गर्छन्। ग्रीक अक्षरहरूले तारामण्डलका सबैभन्दा चम्किला ताराहरूलाई चिन्ह लगाउँछन्। यिनीहरूलाई चमकको आधारमा क्रमबद्ध गरिएको छ जसमा सबैभन्दा चम्किलो तारालाई अल्फा, दोस्रो चम्किलोलाई बिटा, इत्यादि लेबल गरिएको छ, यद्यपि यो क्रम सधैं ठ्याक्कै पालना गरिँदैन। बिन्दुयुक्त सीमा रेखाहरूले IAU का तारामण्डलहरूको सीमाङ्कन गर्छन् र ठोस हरियो रेखाहरूले तारामण्डलका आकृतिहरू साधारण तरिकाले चिनिने तारामण्डलका आकृतिहरू जनाउँछ। यो हामीले आकाश मा हेर्दा कल्पना गरेर लगाइएको चिन्ह हो त्यसैले आकाशमा हेर्दा तारामण्डलको सीमाहरू, वा ताराहरू जोड्ने रेखाहरू देखिदैन।
Diagram credit: अन्तर्राष्ट्रिय खगोल संघ (IAU) तथा Sky & Telescope द्वारा मूल रूपमा तयार गरिएको, अन्तर्राष्ट्रिय खगोल संघको खगोल शिक्षा कार्यालयद्वारा अनुकूलित ।. Credit Link
Diagram translation status: Not yet approved by a reviewer
Diagram translators: Manisha Dwa
Diagram license: Creative Commons Attribution 4.0 International (CC BY 4.0) Creative Commons Attribution 4.0 International (CC BY 4.0) icons
Related glossary terms:
Apparent Magnitude
, Aries
, Celestial Coordinates
, Constellation
, Declination
, Ecliptic
, Gemini
, Open Cluster
, Orion
, Pleiades
, Right Ascension (RA)
, Supernova Remnant
, Taurus
, Zodiac
Categories:
Naked Eye Astronomy
Want to make your own translation or version of this diagram? Then
download the SVG
version of this diagram in English (600.03 kB). You can edit this using
software like Inkscape (free) or Adobe Illustrator
(proprietary). Just remember to credit the author of the original appropriately.
You can also make your own version or translation of this diagram by adding adding text to a version of
this diagram with no text. Just download one of the following files:
Download Text-Free File ( image 99.72 kB)
Download Text-Free PDF File (PDF file 172.41 kB)
In Other Languages
अंग्रेजी: Taurus Constellation Mapईटालियन: Mappa della Costellazione del Toro
स्पेनिस: Mapa de la constelación de Tauro
प्राचिन चिनि: 金牛座星圖
सरल चिनि: 金牛座星图
The diagram captions presented on the OAE website were written, translated and reviewed by a collective effort from the OAE, the OAE Centers and Nodes, the OAE National Astronomy Education Coordinators (NAECs) and other volunteers. You can find a full list of credits for our translation project here. All media file captions are released under a Creative Commons CC BY-4.0 license and should be credited to "IAU OAE". The media files themselves may have different licenses (see above) and should be credited as listed above under "credit".
If you notice a error in this diagram or its caption then please get in touch.



