Loading...

This page describes an image धनु राशि तारामण्डलको नक्सा

Download File ( image 1.34 MB)
Download PDF File (PDF file 1.34 MB)

Diagram caption: धनु राशि तारामण्डल, यसका चम्किला ताराहरू र वरपरका तारामण्डलहरूसहित। धनु राशि (माथिबाट घडीको दिशामा जाँदा) अकिला , स्कुटम, सर्पेन्स काउडा, ओफियकस, वृश्चिक, कोरोना अस्ट्रालिस, टेलीस्कोपियम, माइक्रोस्कोपियम र मकर राशिले घेरिएको छ। धनु राशिका चम्किला ताराहरूले एक विशिष्ट चियाको भाँडोको (केतली) आकार बनाउँछन्। धनु राशि क्रान्तिवृत्तमा (यहाँ नीलो रेखाको रूपमा देखाइएको) अवस्थित छ। क्रान्तिवृत्त भनेको सूर्यले वर्षभरिमा आकाशमा पार गरेको देखिने मार्ग हो। सूर्य डिसेम्बरको मध्यदेखि जनवरीको मध्यसम्म धनु राशिमा हुन्छ। सौर्यमण्डलका अन्य ग्रहहरू प्रायः धनु राशिमा भेट्टाउन सकिन्छ। धनु राशि आकाशीय भूमध्य रेखाको दक्षिणमा अवस्थित छ। प्रसिद्ध केतलीको तारासमूह पृथ्वीको आर्कटिक वा अन्टार्कटिक क्षेत्रहरूको सबैभन्दा कुना बाहेक, सबै तिरबाट देखिन्छ तर यसको सबैभन्दा मुनिको दक्षिणी भागहरू एशिया, युरोप र उत्तरी अमेरिकाका उत्तरी भागहरूमा देखिँदैनन्। धनु राशि उत्तरी गोलार्धको गर्मी र दक्षिणी गोलार्धको जाडोमा साँझमा सबैभन्दा बढी देखिन्छ। महाकाय कृष्ण विवर सेजिटेरियस ए* जुन हाम्रो आकाशगंगाको केन्द्रमा अवस्थित छ, धनु राशिको पश्चिमी (यहाँ दायाँ-हात) किनारमा रहेको छ। यसले हाम्रो आकाशगंगाको केन्द्रमा क्षेत्र ओगटेको कारण, धनु राशि धेरै तारा समूहहरूको घर हो जसमा खुला समूहहरू (यहाँ पहेंलो वृत्तहरूले चिन्ह लगाइएको) र गोलाकार समूहहरू (यहाँ पहेंलो वृत्तहरूमा + चिन्ह राखिएको) समावेश छन्। तीनवटा नेबुलाहरू पनि यहाँ हरियो वर्गहरूले चिन्ह लगाइएका छन्।
यस रेखाचित्रको y-अक्ष डिक्लिनेशनको डिग्रीमा छ जसमा उत्तर माथि छ र x-अक्ष राइट एसेन्सनको घण्टामा छ जसमा पूर्व बायाँतिर छ। यहाँ चिन्ह लगाइएका ताराहरूको आकार ताराको आभासी परिमाण, यसको आभासी चमकको मापसँग सम्बन्धित छ। ठूला बिन्दुहरूले चम्किला ताराहरूलाई प्रतिनिधित्व गर्छन्। ग्रीक अक्षरहरूले तारामण्डलका सबैभन्दा चम्किला ताराहरूलाई चिन्ह लगाउँछन्। यिनीहरूलाई चमकको आधारमा क्रमबद्ध गरिएको छ जसमा सबैभन्दा चम्किलो तारालाई अल्फा, दोस्रो चम्किलोलाई बिटा, इत्यादि लेबल गरिएको छ, यद्यपि यो क्रम सधैं ठ्याक्कै पालना गरिँदैन। बिन्दुयुक्त सीमा रेखाहरूले IAU का तारामण्डलहरूको सीमाङ्कन गर्छन् र ठोस हरियो रेखाहरूले तारामण्डलका आकृतिहरू साधारण तरिकाले चिनिने तारामण्डलका आकृतिहरू जनाउँछ। यो हामीले आकाश मा हेर्दा कल्पना गरेर लगाइएको चिन्ह हो त्यसैले आकाशमा हेर्दा तारामण्डलको सीमाहरू, वा ताराहरू जोड्ने रेखाहरू देखिदैन।


Diagram credit: अन्तर्राष्ट्रिय खगोल संघ (IAU) तथा Sky & Telescope द्वारा मूल रूपमा तयार गरिएको, अन्तर्राष्ट्रिय खगोल संघको खगोल शिक्षा कार्यालयद्वारा अनुकूलित ।. Credit Link

Diagram translation status: Not yet approved by a reviewer
Diagram translators: Manisha Dwa
Diagram license: Creative Commons Attribution 4.0 International (CC BY 4.0) Creative Commons Attribution 4.0 International (CC BY 4.0) icons

Related glossary terms: Apparent Magnitude , Asterism , Capricornus , Celestial Coordinates , Constellation , Declination , Ecliptic , Globular Cluster , Milky Way , Nebula , Open Cluster , Right Ascension (RA) , Sagittarius , Sagittarius A* , Scorpius , Supermassive Black Hole , Zodiac
Categories: Naked Eye Astronomy

Want to make your own translation or version of this diagram? Then download the SVG version of this diagram in English (689.31 kB). You can edit this using software like Inkscape (free) or Adobe Illustrator (proprietary). Just remember to credit the author of the original appropriately.

You can also make your own version or translation of this diagram by adding adding text to a version of this diagram with no text. Just download one of the following files:
Download Text-Free File ( image 124.61 kB)
Download Text-Free PDF File (PDF file 190.64 kB)

In Other Languages

अंग्रेजी: Sagittarius Constellation Map
ईटालियन: Mappa della costellazione del Sagittario
स्पेनिस: Mapa de la constelación de Sagitario
प्राचिन चिनि: 人馬座星圖
सरल चिनि: 人马座星图

The diagram captions presented on the OAE website were written, translated and reviewed by a collective effort from the OAE, the OAE Centers and Nodes, the OAE National Astronomy Education Coordinators (NAECs) and other volunteers. You can find a full list of credits for our translation project here. All media file captions are released under a Creative Commons CC BY-4.0 license and should be credited to "IAU OAE". The media files themselves may have different licenses (see above) and should be credited as listed above under "credit".

If you notice a error in this diagram or its caption then please get in touch.