Loading...

This page describes an image सिंह तारामण्डलको नक्सा

Download File ( image 1.06 MB)
Download PDF File (PDF file 162.44 kB)

Diagram caption: सिंह राशि तारामण्डल र यसको वरिपरिका तारामण्डलहरू।
रेखाचित्रको माथिबाट सुरु गरेर घडीको दिशामा जाँदाका तारामण्डलहरू हुन् लघु सिंह, कर्कट, सेक्सटान्स, हाइड्रा, क्रेटर, कन्या र सप्तर्षि। सिंहको सबैभन्दा चम्किलो तारा, रेगुलस, क्रान्तिवृत्तमा (वर्षको अवधिमा सूर्यले आकाशमा लिने देखिने बाटो जसलाई यहाँ नीलो रेखाको रूपमा देखाइएको छ) लगभग ठ्याक्कै अवस्थित छ। सूर्यले अगस्टको मध्यदेखि सेप्टेम्बरको मध्यसम्मको अवधि सिंहमा बिताउँछ। सौर्यमण्डलका अन्य ग्रहहरू प्रायः सिंहमा भेट्टाउन सकिन्छ। सिंह खगोलीय भूमध्य रेखामा फैलिएको हुनाले यसको केही भाग पृथ्वीको आर्कटिक र अन्टार्कटिक क्षेत्रहरूको कुनै बाहेक सबै भागबाट वर्षको कुनै न कुनै समयमा देख्न सकिन्छ। सिंह उत्तरी गोलार्धको वसन्त र दक्षिणी गोलार्धको शरद ऋतुमा साँझमा सबैभन्दा बढी देखिन्छ। सिंहमा धेरै खगोलीय वस्तुहरू देख्न सकिन्छ, जसमा एनजीसी ३६२८ (NGC 3628) बाहेक लियो ट्रिपलेटका दुई आकाशगंगाहरू एम ६५ एम ६६ समावेश छन्। थप रूपमा सर्पिल आकाशगंगा एम ९६ र मेसियर १०५, एउटा दीर्घवृत्तीय आकाशगंगा, सानो टेलिस्कोपको सहयोगले अस्पष्ट वस्तुको रूपमा देख्न सकिन्छ। यी प्रत्येक वस्तुहरूलाई नक्सामा रातो दीर्घवृत्तको रूपमा चिन्ह लगाइएको छ।
यस रेखाचित्रको y-अक्ष डिक्लिनेशनको डिग्रीमा छ जसमा उत्तर माथि छ र x-अक्ष राइट एसेन्सनको घण्टामा छ जसमा पूर्व बायाँतिर छ। यहाँ चिन्ह लगाइएका ताराहरूको आकार ताराको आभासी परिमाण, यसको आभासी चमकको मापसँग सम्बन्धित छ। ठूला बिन्दुहरूले चम्किला ताराहरूलाई प्रतिनिधित्व गर्छन्। ग्रीक अक्षरहरूले तारामण्डलका सबैभन्दा चम्किला ताराहरूलाई चिन्ह लगाउँछन्। यिनीहरूलाई चमकको आधारमा क्रमबद्ध गरिएको छ जसमा सबैभन्दा चम्किलो तारालाई अल्फा, दोस्रो चम्किलोलाई बिटा, इत्यादि लेबल गरिएको छ, यद्यपि यो क्रम सधैं ठ्याक्कै पालना गरिँदैन। बिन्दुयुक्त सीमा रेखाहरूले IAU का तारामण्डलहरूको सीमाङ्कन गर्छन् र ठोस हरियो रेखाहरूले तारामण्डलका आकृतिहरू साधारण तरिकाले चिनिने तारामण्डलका आकृतिहरू जनाउँछ। यो हामीले आकाश मा हेर्दा कल्पना गरेर लगाइएको चिन्ह हो त्यसैले आकाशमा हेर्दा तारामण्डलको सीमाहरू, वा ताराहरू जोड्ने रेखाहरू देखिदैन।


Diagram credit: अन्तर्राष्ट्रिय खगोल संघ (IAU) तथा Sky & Telescope द्वारा मूल रूपमा तयार गरिएको, अन्तर्राष्ट्रिय खगोल संघको खगोल शिक्षा कार्यालयद्वारा अनुकूलित ।. Credit Link

Diagram translation status: Not yet approved by a reviewer
Diagram translators: Manisha Dwa
Diagram license: Creative Commons Attribution 4.0 International (CC BY 4.0) Creative Commons Attribution 4.0 International (CC BY 4.0) icons

Related glossary terms: Apparent Magnitude , Cancer , Celestial Coordinates , Constellation , Declination , Ecliptic , Elliptical Galaxy , Galaxy , Leo , Right Ascension (RA) , Spiral Galaxy , Virgo , Zodiac
Categories: Naked Eye Astronomy

Want to make your own translation or version of this diagram? Then download the SVG version of this diagram in English (473.37 kB). You can edit this using software like Inkscape (free) or Adobe Illustrator (proprietary). Just remember to credit the author of the original appropriately.

You can also make your own version or translation of this diagram by adding adding text to a version of this diagram with no text. Just download one of the following files:
Download Text-Free File ( image 99.47 kB)
Download Text-Free PDF File (PDF file 158.94 kB)

In Other Languages

अंग्रेजी: Leo Constellation Map
ईटालियन: Mappa della Costellazione del Leone
स्पेनिस: Mapa de la constelación de Leo
प्राचिन चिनि: 獅子座星圖
सरल चिनि: 狮子座星图
जर्मन: Löwe-Sternbildkarte

The diagram captions presented on the OAE website were written, translated and reviewed by a collective effort from the OAE, the OAE Centers and Nodes, the OAE National Astronomy Education Coordinators (NAECs) and other volunteers. You can find a full list of credits for our translation project here. All media file captions are released under a Creative Commons CC BY-4.0 license and should be credited to "IAU OAE". The media files themselves may have different licenses (see above) and should be credited as listed above under "credit".

If you notice a error in this diagram or its caption then please get in touch.